आज:  | Wed, 27, Mar, 2024

प्रेमगीत ३ नर्थ अमेरिका राईटस् ४५ हजार डलरमा बिक्री

२०७६, २९ माघ बुधबार १०:२४ मा प्रकाशित ( ४ साल अघि) ५०७४८ पाठक संख्या

वर्षकै बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ चैत २८ देखि रिलिज हुँदैछ । महँगो बजेट र ठुलो क्यानभासमा सन्तोष सेनले निर्माण गरेको सिनेमाको गीत हात्ती ढुँगामा’ भिडियो रिलिज यसै साता युट्युब ट्रेन्डिङ एकमा समेत पर्न सफल भयो । उक्त गीतको भिडियो अहिलेसम्म टिकटकमा करिब ८ हजार बढी बनेका छन् ।अहिले यो फिल्मको चर्चासंगै बिदेशमा उच्च माग बढ़ेकोछ ।
फिल्म अमेरिका, क्यानडा, मेक्सीको (नर्थ अमेरिका) को लागि ४५ हजार डलरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष एवम् नायक नवराज श्रेष्ठले राईटस् खरिद गरेका छन् ।भने केही दिन मै युरोप एवम् अष्ट्रेलिया राईट्स पनि बेच्ने निर्देशक सेनले जानकारी गराएका छन् ।

यो फिल्म छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको सिनेमाले २ सय वर्ष पुरानो लभस्टोरी पर्दामा उतारेको छ ।भने निर्माण टीमले केही दिन मै टेलर लंच गर्दैछ ।

‘प्रेमगीत ३’ मा अहिलेका चल्तीका अभिनेता युवा स्टार प्रदीप खड्काको जोडीमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ छिन। फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्ममा अन्य कलाकारमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतले अभिनय गरेका छन् ।

फिल्मको छायाँकन राजेश श्रेष्ठ सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका छन । फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन् ।

सामाजिक अभियन्ता चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेको छ । यो फिल्मले बक्सअफिसमा तहल्का मच्चाउने विश्वास गरिएको छ ।

गीत https://youtu.be/UaeScocRNsQ

 

 

खबर एक्सप्रेस