आज:  | Fri, 29, Mar, 2024

नेपाल एयरलाइन्सले काठमाडौं देखी जापानको नारितासम्म ३७ हजारमा उडाउने

२०७६, २८ माघ मंगलवार १७:१३ मा प्रकाशित ( ४ साल अघि) २२५०७ पाठक संख्या

नेपाल एयरलाइन्सले काठमाडौं देखी जापानको नारितासम्म एकतर्फी प्रवर्द्धनात्मक भाडादर ३७ हजार तोकिएको छ । एयरलाइन्सले १९ फागुन (२ मार्च)मा पहिलो उडान गर्नेछ।

हाल नेपाल एयरलाइन्सले जापानको ओशाकामा उडान गरिरहेकोमा अब ओशाका उडान स्थगित गरी नारितामा शुरु गर्न लागेको हो काठमाडौंबाट सातामा सोमबार, बुधबार र शुक्रवार गरी तीन दिन सिधा उडान गर्नेछ ।एयरवसको वाइडबडी जहाज ए३३० जहाज काठमाडौंबाट बिहान १ बजेर २५  मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने छ । सो विमान सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्नेछ ।

खबर एक्सप्रेस