आज:  | Fri, 29, Mar, 2024

बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को छायांकन सकियो

२०७६, ९ माघ बिहीबार २३:०४ मा प्रकाशित ( ४ साल अघि) १६६७९ पाठक संख्या

यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को छायांकन सकिएको छ । ७० दिनमा फिल्मको सुटिङ प्याकअप भएको निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । गएको डेढ महिनादेखि मनाङको माइनस डिग्री तापक्रममा फिल्मको छायांकन भैरहेको थियो । मंगलवार मनाङको छायांकन सकेर  फिल्मको जम्बो टोली काठमाडौं आइपुगेको छ ।

आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने फिल्मको अब एक प्रोमोसनल गीत खिच्न बाँकी रहेको निर्माता सेनले बताए । फिल्मको छायांकन सँगसँगै मनाङ मै सम्पादन पनि एकसाथ गरीएको थियो । अब केही दिन मै फिल्मको कलर करेक्सन, ब्याकग्राउन्ड स्कोर र  डबिङको काम सुरु हुने बताइएको छ । तीन करोड लागतमा बनेको फिल्मलाई छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेका हुन् ।

मनाङ प्रस्थान गर्नुभन्दा अगाडि ‘प्रेमगीत ३’ को ४५ प्रतिशत दृश्य काठमाडौंको कीर्तिपूरमा भव्य दरवार सेट निर्माण गरेर खिचिएको थियो । नेपाली फिल्मलाई यती धेरै मेहनत र खर्च गरी निर्माण गरिएको सम्भवत पहिलो होला ।

यो फिल्मले नेपाली सिनेमाको स्तरलाई माथी उठाऊँने बिस्वास लिईएको छ। ३ हजार ५ सय मिटर भन्दा माथीको उचाइमा मनाङमा फिल्मका लागि हिउँ परिरहेको दृश्य कैद गरिएको छ ।

‘प्रेमगीत ३’ मा अहिलेका चल्तीका अभिनेता युवा स्टार प्रदीप खड्काको जोडीमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ छिन। फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्ममा अन्य कलाकारमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतले अभिनय गरेका छन् ।

सामाजिक अभियन्ता चक्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन् । । यो फिल्मको बक्सअफिसमा तहल्का मच्चाउने विश्वास गरिएको छ ।

तस्बीरहरु:

खबर एक्सप्रेस