आज:  | Thu, 28, Mar, 2024

२९८ औँ पृथ्वीजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

२०७६, २७ पुष आईतवार ११:४३ मा प्रकाशित ( ४ साल अघि) १३५७९ पाठक संख्या

आज, पुष २७ गते । राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्म दिन । विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइदै छ ।
विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्र रुपमा पृथ्वी नारायण शाहको जन्म भएको थियो । राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कोरेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो । तर, देश गणतन्त्रमा प्रवेश गरेपछि पुथ्वी नारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसको दिनको रुपमा मनाउन छोडिएपनि ७४ सालदेखि पुनः मनाउन थालिएको हो ।

खबर एक्सप्रेस