आज:  | Thu, 25, Apr, 2024

भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्रवेशमा रोक लगाउन माग

२०७६, २७ पुष आईतवार ११:३७ मा प्रकाशित ( ४ साल अघि) ११६८८ पाठक संख्या

भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्र्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् ।

विराटनगर ट्रक व्यवसायी सङ्घको २९ औं अधिवेशन कार्यक्रमको अवसरमा शनिवार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग गरेका हुन् ।

भारतबाट मालबस्तु लिएर भन्सार सीमा क्षेत्रसम्म आएका मालवाहक सवारी नेपालमा मनपरी ढङ्गले सञ्चालमा आउँदा नेपालीले रोजगारी खोसिएको भन्दै तत्काल रोक लगाउन माग गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

खबर एक्सप्रेस