आज:  | Thu, 28, Mar, 2024

आज राष्ट्रिय टोपी दिवस

२०७६, १६ पुष बुधबार १२:४२ मा प्रकाशित ( ४ साल अघि) १७२०६ पाठक संख्या

सातौ नेपाली टोपी दिवस नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । अंग्रेजी पात्रो अनुसार जनवरी एक तारेखमा विभिन्न देशमा उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालीहरुमा समेत पर्वजस्तो उल्लासमय बनाउनका लागि नेपाली टोपी दिवसका रुपमा मनाउन थालिएको हो । यो दिवसले नेपाली टोपीको प्रवद्धनमा ठुलो इसहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने विश्वास गरिएकोछ । टोपी दिवसले नेपाली र नेपाली मुलका नागरिक भएका सबै देशमा नेपालीपनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रर्वद्धन गर्ने विश्वस गरिएको छ । आज बिभिन्न ब्यक्ति कलाकारले यो दिनमा आफ़नो सामाजिक संजालमा शुभकामना दिएका छन चर्चित अभिनेत्रि करिश्मा मानन्धरले सामाजिक सन्जालमा नयाँ दिन नेपाली मन भन्दै आफ्नो स्टाटस राखेकी छन् 

खबर एक्सप्रेस