आज:  | Wed, 27, Mar, 2024

नेपाल जेसीसकाे राष्ट्रिय अध्यक्षमा अशोक शंकर बिजयी

२०७६, १४ पुष सोमबार १०:०२ मा प्रकाशित ( ४ साल अघि) १७८८८ पाठक संख्या

नेपाल जेसीसकाे ४६ औ राष्ट्रिय महाधिवेसनबाट वर्ष २०२० का लागि राष्ट्रिय अध्यक्षमा अशोक शंकर बिजयी भएका छन् । ‘जेसीजलाई सहि बाटो हिँडाउने, कसैलाई भेदभाव नगर्ने, जेसीजलाई पारदर्शी र स्वच्छ बनाउनु पर्छ भन्ने मान्यताका साथ नेपाल जेसिज बर्ष २०२० को लागि राष्ट्रिय अध्यक्षका उम्मेदवार अशोक शंकरले दुई जना आफ्ना प्रतिद्वन्दीलाई पछाडी पार्दै बाजी मार्न सफल भएका छन् ।

मोरङ्ग पथरी शनिश्चरेका अशोक शंकर एक सफल युवा व्यवसायी हुन् भने उनलाई जिताउन -अशोक जिताउ अभियान सहयोग समिती , देशका विभिन्न भुभागका संघ-संस्था ,व्यवसायी लगायतले सहयोग गरेका थिए ।

अध्यक्ष पदका प्रत्यासी तीन उम्मेदवार मध्ये अशोक शंकरले ५५१ मत प्राप्त गरि बिजयी भएका हुन् । यसै गरि अध्यक्ष पदक प्रत्यासीहरु अरुणेश्वर खनालले ५२७ तथा विकास मानन्धरले ४८७ मत प्राप्त गरेका थिए ।

यसै गरि अशोक शंकर अध्यक्ष पदमा बिजयी भए पछि उनले महा सचिवमा टेकराज रेग्मी ,कानुनी सल्लाहकारमा राजेन्द्र घिमिरे तथा कोषाध्यक्षमा बिमल रिमाललाई मनोनित गरेको जानकारी नेपाल जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष हेमन्त मणि रेग्मीले अमेरिकाबाट संचालित ईनेप्लिजलाई बताए ।

चितवनमा सम्पन्न निर्वाचनमा १२ जना उपाध्यक्ष तथा ४ जना कार्यकारी उपाध्यक्ष निर्वाचित भएका छन् । कार्यकारी उपाध्यक्षमा  विजय गुरुङ ,शोभा खरेल ,लालमणी भण्डारी तथा श्रीराम पौडेल बिजयी भएका छन् ।

यसै गरि १२ जना उपाध्यक्षहरुमा रमा प्याकुरेल ,राम बा बोगटी ,राकेश गुरुङ ,कन्चन झा,धिरज शाही ,मंजु शाह ठकुरी ,शिव प्रसाद भुसाल ,बिशाल थापा ,गणेश बा साउद ,अनवर हुसैन ,कृष्ण सापकोटा तथा गोविन्द पंगेनी बिजयी भएका छन् ।

खबर एक्सप्रेस