आज:  | Sun, 24, Mar, 2024

मनाङको उच्च भेगमा प्रेमगीत ३ को छायांकन (तस्वीरहरुसहित)

२०७६, २६ मंसिर बिहीबार १८:५६ मा प्रकाशित ( ४ साल अघि) १३९५१ पाठक संख्या

सुदिप पौडेल 

२०७६ चैत्र २८ गते प्रदर्शनको मिति तोकेर छायांकनमा गएको ऐतिहासिक कथानक चलचित्र प्रेमगीत ३ को यतिबेला मनाङमा छायांकन भैरहेको छ । डेढ सय वर्षअघिको मनाङको राजाको कथामा आधारित यो चलचित्रको दरबारको दृश्य चोभारमा भव्य सेटमा करिब ५० लाखको निर्माणमा तयार गरी सम्पन्न भएको थियो भने अहिले मनाङको हिमाली क्षेत्रमा यसको छायांकन तिब्र गतीमा भैरहेको छ ।
निर्माता सन्तोस सेनले हरेक कामलाई स्तरिय र नयाँ किसिमले गर्दै आएका छन् यसपटक भने सिनेमाको हरेक दिनको छायांकनलाई छायांकन स्थल मै सम्पादन कार्य गराउदै आएका छन जस्को लागि सम्पादन टिम र सिस्टमलाई टिमले काठमान्डौ बाटै मनाग लिएर आएको छ जस्को कारण टिमले सिनेमालाई अझ स्तरिय बनाउने विश्वास लिइएको छ
चिसो मौसम ३ हजार ५ सय ९ मिटरको उचाईमा कलाकारहरु सुनील थापा, प्रदीप खड्का, कृष्टिना गुरुङ, सन्तोष सेन, माओत्से गुरुङ, समृद्धि शाही, कृजल गौतम, चक्रबहादुर चन्द लगायत ५० जनाको समूह छायांकनमा व्यस्त छ ।

सन्तोष सेन निर्माता रहेको प्रेमगीत ३ चलचित्रले नेपाली सिनेमा क्षेत्रलाई नयाँ उचाईमा लिने विश्वास आमदर्शक सिनेमा क्षेत्र र राज्यले लिएको छ सन्तोष सेन र छेतन गुरुङको निर्देशनमा तयार भैरहेको चलचित्रमा शिव श्रेष्ठ राजाको भूमिकामा देखा पर्दैछन् यसका लागि चोभारमा दरबारको भव्य सेट लगाएर छायांकन गरिएको थियो ।
अहिले चलचित्रको चायांकनका लागि मौसमले राम्रो साथ दिएको छ । हिउँको दृश्य खिच्नुपर्ने समयमा हिउँ परेका कारण चलचित्र निर्माण टोलीले अझ उत्साही भएको छ ।

यूनिटका अनुसार अर्को हपता चलचित्र टोली गीतको छायांकनका लागि कविराज गहतराज सहित ५० जनाको टोली काठमाडौं बाट आउँदैछ । अहिले आम दर्शकको अत्याधिक पर्खाइमा रहेको चलचित्र प्रेमगित ३ मा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, मनिष राउत ,पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी,योगिसा खत्री, माओत्से गुरु, लक्ष्मी बर्देवा लगाएत कलाकारहरुको मुख्य भूमिका रहनेछ ।
सन्तोष सेनको प्रेम गीत३ मा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । फिल्ममा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार सान शाह र ओएसआर डिजिटल सह-निर्मातामा छन् ।

वर्षकै ठूलो फिल्मको रुपमा लिइएको ‘प्रेमगीत–३’ नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट दर्शकमाझ रिलिज गरिनेछ

यो चलचित्रका माध्यमबाट नेपालको पर्यटन विकासमा पनि ठूलो सहयोग पुग्ने विश्वास लिईयको ।

 

 

 

 

 

 


 

 

खबर एक्सप्रेस