आज:  | Fri, 19, Apr, 2024

सागमा नेपालले १५ स्वर्ण पदक जित्यो

२०७६, १६ मंसिर सोमबार २१:१५ मा प्रकाशित ( ४ साल अघि) १५८४२ पाठक संख्या

काठमाडौं, पोखरा र जनकपुरमा जारी दक्षिण एसियाली खेलकुद सागमा नेपालले १५ स्वर्ण पदक जितेको छ ।
नेपालले कराते र तेक्वान्दोमा मात्रै १४ पदक हात जितेको छ । ट्रायथलनमा थप एक गरी सोमबार साँझसम्म नेपालले १५ स्वर्ण पदक जितेको छ । पछिल्लो पटक स्वस्तिमा तेक्वान्दोकी तामाङले नेपाललाई १५ औं स्वर्ण दिलाइन् । तेक्वान्दोकै निशा दर्नाल र सञ्चिला तिमल्सिनाले पनि १–१ स्वर्ण दिलाए ।
यसअघि नेपालका लागि अनु अधिकारी, कुसुम खड्काले नेपालका लागि २ स्वर्णको योगदान दिएका थिए । यस्तै करातेकै विप्लवलाल श्रेष्ठले नेपाललाई दशौं स्वर्ण जिताएका थिए । कराँतेको कुमुतेतर्फ ८४ तौलमाथिको समूहमा स्वर्ण जितेका हुन् ।
विप्ललाले पाकिस्तानका मुहम्मोद बाजलाई ६–५ को स्कोरले पारजित गर्दै स्वर्ण जितेका हुन् । कतारेमा काता तर्फ पुरुष र महिला टिमले पनि स्वर्ण जितेको छ । यस्तै, करातेको ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । यता तेक्वान्दोतफै नेपालले अहिलेसम्म चार स्वर्ण हात पारेको छ । पुम्से २३ देखि २९ बर्षको क्याटगोरिमा कमल श्रेष्ठले स्वर्ण जित्दा पुम्सेतर्फ नै महिलामा पावर्ती गुरुङले २३–२९ बर्षमा स्वर्ण हात पारिन् ।
यस्तै, एघारौं सागमा स्वर्ण पदक हात पारेकी आयशा शाक्यले तेक्वान्दोमा पुम्सेमा २९ बर्षमाथिको क्याटागोरिमा नेपाललाई स्वर्ण दिलाइन् । यो सँगै उनले सागमा दुई स्वर्ण हात पारेकी छन् । पोखरामा भइरहेको ट्रायथलमा सोनु गुरुङले स्वर्ण दिलाइन् । अहिलेसम्मका खेलहरुबा नेपालले १५ स्वर्ण, ३ रजत र ४ कास्य पदक पक्का भएको छ ।
सागमा सात देशका तीन हजार भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। सागमा कूल २८ वटा विभिन्न विधाका प्रतिस्पर्धा हुने छ। जसका लागि काठमाडौं, पोखरा र जनकपूर गरि २९ वटा भेन्यू चयन गरिएका छन्।

खबर एक्सप्रेस