आज:  | Fri, 29, Mar, 2024

पठाओ र टुटलमाथि पहिले भन्दा फरक ब्यवहार नगर्न निर्देशन

२०७६, १२ मंसिर बिहीबार ०८:४६ मा प्रकाशित ( ४ साल अघि) १६२१४ पाठक संख्या

नवनियूत भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले पठाओ र टुटलमाथि पहिले भन्दा फरक ब्यवहार नगर्न निर्देशन दिएका छन् । मन्त्रालयमा सोमबार सचिव, सहसचिव र यातायात व्यवस्था विभागमा महानिर्देशकलाई बोलाएर मन्त्रीले पठाओ र टुटललाई सेवा सञ्चालनमा अवरोध नगर्न निर्देशन दिएका हुन् । आफूले मन्त्रालय सम्हाल्नान साथ थालिएको कारवाहीले गलत सन्देश दिन सक्ने भन्दै उनले कानूनी र नीतगित व्यवस्था तथा यस्ता सेवामाथि नियमन गर्न केही तयारी भए आफूलाई प्रतिबेदन गर्न निर्देशन दिएका छन् । सरकार पुनर्गठन लगत्तै थालिएको कारवाहीले कन्फ्युजन सिर्जना भयो । मन्त्री नेम्वाङले अहिले चालिएको कारबाही रोकेर यथास्थितिमै छाडिदिनुहोला भन्दै निर्देशन दिँदै भनेका थिए ।
यसअघि निर्वाध रुपमा चलिरहेको सेवालाई एक्कसी रोक्न खोज्दा गलत सन्देश जानसक्ने नेम्वाङको भनाइ थियो ।
यातायात व्यवस्था विभागले मंसिर ४ गते सूचना निकालेर निजी सवारीले भाडा लिएर यात्रु बोके कारवाही गर्ने चेतावनी दिएको थियो ।

खबर एक्सप्रेस