आज:  | Fri, 19, Apr, 2024

प्रधानमन्त्रीले आफू नयाँ ढंगले अघि बढ़ने भन्दै सबै मन्त्रीलाई धन्यबाद दिय

२०७६, ३ मंसिर मंगलवार २२:५५ मा प्रकाशित ( ४ साल अघि) १८५०८ पाठक संख्या

प्रधानमन्त्री केपी ओलीले आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा भोली बूधबारका दिन आफूले नयाँ कदम चाल्न लागेकोले बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिएका छन् । 

प्रधानमन्त्री केपी ओलीले आफू नयाँ ढंगले अघि बढ्न लागेको भन्दै अहिलेसम्म साथ दिएकोमा सबै मन्त्रीहरुलाई धन्यवाद दिए। तर कुन मन्त्री रहने र को बाहिरिने भन्नेबारे स्पस्ट भने भएन । तर प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गर्नेबारे ब्रिफिङ गरेका छन् ।

भोली बुधबार बिहान नेकपाको सचिवालय बैठक बस्दैछ बैठक लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गर्नेछन ।

खबर एक्सप्रेस