आज:  | Fri, 29, Mar, 2024

शुक्रबार मन्त्रिमण्डल हेरफेर हुने

२०७६, २८ कार्तिक बिहीबार २१:१५ मा प्रकाशित ( ४ साल अघि) १४०१३ पाठक संख्या

प्रधानमन्त्री एव अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्नका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार छलफल गरेका छन् । 

कार्यसम्पादनमा निकै कमजोर रहेका करिव ८ जना मन्त्रिहरुले विदा पाउने जानकारी बालुवाटार उच्च श्रोतले जनाएको छ त्यही संख्यामा नयाँ नेताहरुले मन्त्री बन्ने मौका पाउनेछन् । कतिपय मन्त्रीहरुको मन्त्रालय समेत परिवर्तन हुने तयारी भएको छ ।

शुक्रबार ९ बजे नेकपाको सचिवालय बैठक बोलाइएको छ । सो बैठकले नयाँ मन्त्रीको नियुक्तिबारे निर्णय लिने बताइएको छ । यसअघि मंगलबार बसेको नेकपा सचिवालय बैठकले नै नयाँ बन्ने मन्त्रीको नामबारे टुंगो लगाउने भनिएपनि सांगठनिक विषयमात्रै टुंग्याइएको थियो ।

खबर एक्सप्रेस