आज:  | Wed, 17, Apr, 2024

‘प्रेम गीत३’ को मुर्हत आजै देखि फ्लोरमा

२०७६, २२ कार्तिक शुक्रबार १०:१४ मा प्रकाशित ( ४ साल अघि) ८४९७२ पाठक संख्या


फिल्म छायाङकन अगावै बहुप्रतिक्षित बनेको यो बर्षको बहुप्रतिक्षित चलचित्र प्रेम गीत३ को शुभमुर्हत भएको छ । काठमाडौंको दक्षिणकाली मन्दिरमा चलचित्रको शुभमुर्हत भएको हो । शुभमुर्हत गरि चलचित्रको छायांकन सुरु गरिएको निर्माता सेनले जानकारी दिनुभयो ।

चलचित्रको छायांकन मनाङ र काठमाडौमा हुनेछ । ३०% छायांकन काठमाडौमा हुने र बाकी मनाङमा हुनेछ । चलचित्रको छायांकनका लागी सेट निर्माण गरिएको थियो । उक्त सेटमा चलचित्रको आज देखि धमाधम छायांकन भैरहेको छ ।

आज देखि फ्लोरमा जाँदै गरेको ‘प्रेम गीत३’मा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, मनिष राउत ,पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी,योगिसा खत्री, माओत्से गुरु, लक्ष्मी बर्देवा लगाएत कलाकारहरुको मुख्य भूमिका रहनेछ ।

फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । निर्देशक गुरुङ र मन्दिप गौतमले फिल्मको कथा लेखेका हुन् ।

सन्तोष सेनको प्रेम गीत३ मा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । फिल्ममा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार सान शाह र ओएसआर डिजिटल सह-निर्मातामा छन् ।

वर्षकै ठूलो फिल्मको रुपमा लिइएको ‘प्रेमगीत–३’ नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट दर्शकमाझ रिलिज गरिनेछ ।

खबर एक्सप्रेस