आज:  | Fri, 26, Apr, 2024

धुर्मुस’-सुन्तलीले निर्माण गरेको चलचित्रको पोस्टर सार्बजनिक

२०७६, १८ कार्तिक सोमबार २३:२८ मा प्रकाशित ( ४ साल अघि) १६६४८ पाठक संख्या

सुदिप पौडेल

प्रदर्शन आगाडी नै चर्चामा रहेको चलिचत्र सेन्टी भाइरसकाे फस्टलुक पोस्टर सर्बजनिक भएको छ । फागुन ९ गते प्रदर्शन मिति तय गरेको चलचित्रलाई राम बाबु गुरुङले निर्देशन गरेका छन भने धुर्मुस र सुन्तली यसै फिल्मबाट निर्माणमा होमिएका छन् । उनीहरुको होम प्रोडक्सन सुबिहानी फिल्म्स् प्रा लिको प्रस्तुति रहेको फिल्मलाई डिन्डु लामाले निर्माण गरेकी हुन ।

सुबिहानि फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सिताराम कट्टेल ,कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको अभिनय रहेको छ ।
हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको फिल्मको छायांकन पोखरा र रुपाकोटमा गरिएको छ । चलचित्रको एउटा गित छायांकन गर्न बाकी रहेको निर्माण युनिटले जानकारी दिएको छ ।

शैलेन्द्र डि. कार्कीले खिचेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् । यो फिल्मको कथा कुमार कट्टेल (जिग्री) र दीपक आचार्य (पाँडे)ले तयार पारेका हुन् ।

फाल्गुन ९ गते बिराज भट्टको चलचित्र संगलो र दिपेन्द्र के खनालको चलचित्र आमा पनि प्रदर्शनमा आउदै छ ।

खबर एक्सप्रेस