आज:  | Thu, 28, Mar, 2024

चलचित्र ‘चुरिफुरी’ का मुख्य कलाकार को अडिसन आउँदो २९ र ३० गते हुने

२०७६, १८ कार्तिक सोमबार २१:२० मा प्रकाशित ( ४ साल अघि) २३३१३ पाठक संख्या

ऋषिराज आचार्यले निर्देशन गर्ने हाल प्रि–प्रोडक्सनमा रहेको फिल्म ‘चुरीफुरी’ को अडिसन यही कार्तिक २९ र ३० गते काठमाडौमा हुने भएको छ। निर्माण टिमले केही समय अगाडि फिल्मका लागि मुख्य अभिनेता र अभिनेत्री अनि अन्य केहि कलाकार आवश्यक परेको जानकारी गराउदै अडिसन समेत आह्वान गरेको थियो।

फिल्म टिमले कलाकार बन्न वा अडिसनमा भाग लिन चाहने इच्छुक नव कलाकारलाई आफ्नो फोटो सहितको पूरा जानकारी विभिन्न माध्यमबाट निर्माण टिमसमक्ष पुर्‍याउन आग्रह गरेको थियो।

निर्देशक आचार्यका भन्नुभयो २९ र ३० को अडिसनमा भाग लिन थुप्रैले इच्छा देखाउनु भएको छ ,अब हामी त्यही ठुलो भिडबाट चुरिफुरी लाई फिट हुने गरि नायक र नायिका छान्ने जमर्कोमा जुटेका छौं ।कलाकार छनोट पछी फिल्मका अन्य कामहरू अगाडि बढ्ने निर्देशक आचार्यले बताउनु भएको छ।
स्मरण रहोस् आगामी वर्ष रिलिज हुने फिल्म ‘चुरिफुरी’ आर.वि.मुभिजको व्यानरमा बन्ने पाचौं प्रोजेक्ट रहेको छ।

खबर एक्सप्रेस