आज:  | Fri, 22, Mar, 2024

सरकारको सिफारिसमा नयाँ प्रदेश प्रमुख नियुक्ति

२०७६, १८ कार्तिक सोमबार २१:०७ मा प्रकाशित ( ४ साल अघि) १६८६५ पाठक संख्या

सरकारले सात प्रदेश प्रमुख हटाएर नयाँ नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको छ ।
प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको छ ।
उनीहरुको नाम नेकपा सचिवालय बैठकले निर्णय गरे बमोजिम सरकारले सात प्रदेशका प्रमुख नियुक्तिका लागि आजै राष्ट्रपति समक्ष सिफारिस गरेकोमा राष्ट्रपति कार्यालयले आजै सात जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । सम्भवतः उनीहरुको सपथ ग्रहण मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा हुनेछ ।

खबर एक्सप्रेस