आज:  | Fri, 22, Mar, 2024

कांग्रेसका सभापतिले आफ्ना कार्यकर्तालाई मुख छाडेर गाली गरे

२०७६, १५ कार्तिक शुक्रबार २१:१९ मा प्रकाशित ( ४ साल अघि) १७२६८ पाठक संख्या

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफ्ना कार्यकर्तालाई मुख छाडेर गाली गरेका छन् । आज कांग्रेस मुख्यालयमा बैठकमा सहभागी हुन सानेपा पार्टी कार्यालय पुगेका पार्टी सभापतिलाई नेपाल विद्यार्थी संघभित्रको विवादलाई लिएर कार्यकर्ताहरुले आफनै पार्टी सभापति विरुद्ध आक्रोस पोखेका छन् । विधान अनुसार ३२ वर्षमूनिकालाई नेतृत्व दिनु पर्ने मागसहित उनीहरुले पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।
आगामी उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन केन्द्रीय कार्यसमिति बैठकमा जादै गर्दा पार्टी कार्यालयमा नै कार्यकर्ताहरुले विरोध प्रदर्शन गरे विधान मिच्न पाइँदैन, टीके प्रथा चाहिँदैन, हनुमान नेता चाहिँदैन’ लगायत नारा लगाएका थिए । आफू पुग्दा कार्यकर्ताहरुले नारा लगाएको देखेर आक्रोशित भएका देउवाले जंगिदै कार्यकर्ताहरुलाई यो के गरेको भनेर कडा आक्रोश पोखेका थिए । उता कार्यकर्ताले सभापतिले आफूहरुलाई मुख छाडेर गाली गरेको बताएका छन् । अहिले नेविसंघको उमेर विवादले उग्र रुप लिएको छ ३२ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई नेविसंघको नेतृत्वमा ल्याएमा आमरण अनसन बस्ने चेतावनी दिँदै आएका छन् ।

खबर एक्सप्रेस