आज:  | Tue, 26, Mar, 2024

नेपालले इमर्जिङ टिम्स एसिया कप खेल्ने, पहिलो खेल भारतसँग (खेल तालिका) सहित

२०७६, १५ कार्तिक शुक्रबार ०९:५० मा प्रकाशित ( ४ साल अघि) १६१८३ पाठक संख्या

नेपालले यही नोभेम्बरमा इमर्जिङ टिम्स एसिया कपमा टेष्ट मान्यता प्राप्त देश भारत र बंगलादेशसँग क्रिकेट खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एससीसी) ले बिहीबार निकालेको खेल तालिकामा नेपाल भारत र बंगलादेशसँगै समूह ‘बी’ मा परेको छ । हङकङ पनि यही समूहमा रहेको छ ।
यस्तै, समूह ‘ए’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल भारतसँग नोभेम्बर १४ तारिखमा खेल्नेछ । त्यस्तै, १६ तारिखमा हङकङसँग खेल्ने नेपालले बंगलादेशसँग १८ तारिखमा खेल्नेछ ।

नोभेम्बर १४ देखि २३ तारिखसम्म आयोजना हुने एसिया कप ५० ओभरको हुनेछ । समूहको विजेता र उविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनल खेल २० र २१ तारिखमा हुनेछ । फाइनल खेल २३ तारिख शनिबार बंगलादेशको मिरपुरमा हुनेछ ।

नेपाली सिनियर क्रिकेट टिमले पहिलो पटक एसिया कप खेल्न लागेको हो । यसअघि २०१८ मा भएको एसिया कपमा ६ देशको मात्रै सहभागिता थियो ।

यूएईमा भएको एसिया कप भारतले उपाधि जित्दा पाकिस्तान, श्रीलंका, अफगानिस्तान हङकङ र ओमानले खेलेका थिए । यो पटक भने टिम थप गरि ८ पुर्‍याइएको हो ।

खबर एक्सप्रेस