आज:  | Fri, 22, Mar, 2024

शकिबलाई दुई बर्ष क्रीकेट खेल्न प्रतिबन्ध

२०७६, १२ कार्तिक मंगलवार २०:३६ मा प्रकाशित ( ४ साल अघि) २१४८४ पाठक संख्या

बंगलादेशका टेष्ट र टी-२० कप्तान सकिब अल हसनमाथि दुई वर्षको प्रतिबन्ध लागेको छ ।

सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल -आईसीसी)ले उनीमाथि दुई वर्षसम्म क्रिकेटका कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाइएको हो ।

यद्यपि उनको प्रतिबन्ध मध्ये एक वर्ष निलम्बित रहेनेछ । र, उनी २९ अक्टोबर २०२० मा क्रिकेट खेलमा र्फकन सक्ने आईसीसीले जनाएको छ ।

सकिबले पनि आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘जुन खेललाई म माया गर्छु, त्यसमा प्रतिबन्ध लागेको सुन्दा दुखी छु । तर मैले -सट्टेबाजको) प्रस्तावबारे जानकारी नदिएको स्वीकार गर्छु ।’

सट्टेबाजीविरुद्ध लड्ने आईसीसीको अभियानमा खेलाडी प्रमुख भूमिकामा रहेको तर आफूले त्यो जिम्मेवारी पुरा गर्न नसकेको उनले बताए । उनले आफूले जस्तो गल्ती अरु युवा खेलाडीहरुले नगरुन् भनेर आईसीसीले चलाउने अभियानमा साथ दिने समेत बताएका छन् ।

सकिबमाथि यस्तो बेला प्रतिबन्ध लागेको छ, जतिबेला उनले क्रिकेटरहरुको आन्दोलनको अगुवाई गरे । खेलाडीहरुको अधिकांश माग पुरा गर्ने क्रिकेट बोर्डको आश्वासनपछि हड्ताल भने अन्त्य भएको छ ।

खबर एक्सप्रेस