आज:  | Fri, 22, Mar, 2024

कालमोचन मन्दिर परिचय एवं फोटो फिचर

२०७६, ११ कार्तिक सोमबार २२:५६ मा प्रकाशित ( ४ साल अघि) ४१७५८ पाठक संख्या

राणा प्रधानमन्त्री जंग बहादुर राणाद्वारा निर्माण गरिएको कालमोचन मन्दिर हो, थापाथलीबाट त्रिपुरेश्वरतर्फ लाग्दा बाग्मती किनारमा मुगल शैलीमा निर्मित तीन तले जंग–हेम–हिरण्य मन्दिर कालमोचन मन्दिर ऐ्तिहासिक महत्त्व बोकेको मन्दिर हो । मन्दिर भित्र लक्ष्मी–नारायणको पूर्णकदका तीनओटा ढलोट मूर्ति छ भने मन्दिर अगाडि ढलोटले नै बनेको गरुडको ठूलो मूर्ति पनि छ ।  मन्दिरको अगाडि जंगबहादुरको स्तम्भमा १९३१ सालमा खोपिएको शिलालेख अहिले पनि देख्न सकिन्छ । ढुंगाको कछुवामाथि रहेको ढुंगाकै १५ फिट अग्लो स्तम्भमाथि जंगबहादुरको पूर्णकदको शालिक छ । जंग–हेम–हिरण्य मन्दिर तीन तलाको यो मन्दिर । गोलाकार डोम सहितको गजुर राखेर जंगबहादुरले मन्दिर बनाउन लगाएका थिए ।
यो जंगबहादुरको श्राद्ध गर्ने ठाउँ पनि हो बाल्यकालदेखि कालमोचन परिसरमै हुर्केका र २०५७ सालदेखि जंग–हेम–हिरण्य मन्दिरको नियमित पूजा गर्दै आएका ७० बर्षीय पुजारी गोविन्दप्रसाद कोइरालाका अनुसार यहा हरेक बर्ष जंगबहादुर राणाको श्राद्ध गरिन्छ । उनका अनुसार जंगबहादुर शक्तिमा आउन अनेक दाउ गर्थे त्यस क्रममा उनले धेरै आफन्त र भाइभारदारहरुको हत्या गरेका थिए, गोत्र हत्या र अन्य नरसंहारको पापमोचन गर्न उनै जंगबहादुरले काठमाडौंको थापाथलीमा कालमोचन मन्दिर र घाट निर्माण गर्न लगाएका थिए । यहि परिसरमै लक्ष्मी– नारायणको मन्दिर बनाए । वरिपरि चारवटा नारायणको मठ राखेर अगाडिपट्टि अग्लो स्तम्भमा आफ्नै शालिक खडा गरे । जंगबहादुरले १ सय ५० वर्षअघि आफू, आफ्नी रानी र छोराको नाममा यो मन्दिर बनाएका थिए ।
जंगबहादुर राणाको वार्षिक श्राद्ध आजसम्म पनि यसै मन्दिर परिसरमा हुँदै आएको छ । गुठी संस्थानको पहलमा प्रत्येकवर्षको फागुन शुक्ल द्वादशीमा जंगबहादुरको श्राद्ध जंग–हेम–हिरण्य मन्दिर परिसर मै गरिन्छ । यस दिन पञ्चामृत, मालपुवा, रोटी, दही पुरी तथा १५ कतारो सहित विधिपूर्ण रूपले श्राद्ध गरिदिने चलन छ । श्राद्ध सम्पन्न भएपछि थापाथली बाटो हुँदै हिड्ने बटुवालाई प्रसादसमेत बाँडिने प्रचलन छ ।
जंगबहादुर स्वयंले पनि आफ्नो जीवनको अन्तिम क्षणतिर यही मन्दिरमा आएर धार्मिक अनुष्ठान गरेको इतिहास पनि छ ।

स्थानियको बिरोध

कालमोचन मन्दिर २०७२ सालको बिनाशकारी भूकम्पले जगैदेखि भत्कियो त्यसपछि पुरातत्त्व विभागले मन्दिर पुनर्निर्माणका ढिला भएपनि अहिले काम अगाडी बढीरहेको छ । अहिले सेतो रंगले मन्दिर रंगाइएको छ भने झ्याल–ढोकामा कालो रंग लगाइएको छ । मन्दिरको भौतिक संरचना पूर्ण रुपमा बने पनि मूर्तिहरूको पुनस्थापना हुन बाँकी छ पुरातत्त्व विभागले भव्य कार्यक्रम गरेर पुननिर्मित मन्दिरभित्र मूर्ति प्रतिस्थापन गरी आन्तरिक सजावट गर्ने तयारी गर्दैै छ भने स्थानिय केही ब्यतिहरुले मन्दिरको पुनर्निर्माण कार्यमा गम्भीर त्रुटी रहेको बताएका छन् उनीहरुले आफूहरुसँग सरसल्लाह नगरीकनै मन्दिरको ढाचा बिगारेको आरोप लगाउदै आएका छन् ।

फोटो फिचर

खबर एक्सप्रेस