आज:  | Sat, 20, Apr, 2024

दुलेगौडामा चितुवा आतंक अहिलेसम्म ६ जना बालबालिकाको ज्यान गयो

२०७६, ११ कार्तिक सोमबार २२:२५ मा प्रकाशित ( ४ साल अघि) १३६१० पाठक संख्या

तनहुँको दुलेगौडामा चितुवाको आक्रमणबाट भानु नगरपालिका–२ फुस्रेटारमा सिर्जना रोक्काका सात बर्षिय छोरा ऋतिक रोक्काको मृत्यु छ ।
बच्चाको आमा भैली खेल्न गएको बेलामा सोमबार साँझ घरमा बसिरहेका रोक्कालाई चितुवाले आक्रमण गरेको र उनको शव घरभन्दा ५० मिटरमाथि जंगलमा भेटिएको थियो। यही चितुवाको आक्रमणबाट गत दसैँको टिकाको दिनमा भानु नगरपालिका–१ जामुने गैराका विष्णु बानियाँका चार वर्षीय छोरा आशिष बानियाँको मृत्यु भएको थियो ।

अहिले भानु नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का स्थानीयबासी यो चितुवाको ठुलो त्रासमा बसीरहेका छन्। डेढ बर्षयता देखी निरन्तर चितुवाले आक्रमण गर्दै आइरहेको छ यस अवधिमा ६ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाईसकेका छन् भने ४ बालबालिका घाइते छन्।

खबर एक्सप्रेस