आज:  | Tue, 16, Apr, 2024

कास्की २ मा नेकपाबाट विद्या भट्टराई उम्मेदवार

२०७६, ८ कार्तिक शुक्रबार १९:४१ मा प्रकाशित ( ४ साल अघि) १४०७५ पाठक संख्या

आउँदो मंसिर १४ गते कास्की २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी नेकपामा
तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त ठाउँमा उनकै जीवनसाथी विद्या भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।

विद्यालाई उम्मेदवार बनाउन जिल्ला कमिटीले पार्टी केन्द्रलाई सिफारिस गरेको हो। नेकपा कास्कीको शुक्रबार बसेको बैठकले भट्टराईको मात्रै नाम सिफारिस गरेको हो। पार्टी जिल्ला कमिटीले विद्याको नाम सर्वसम्मत अनुमोदन गरेको जिल्ला इन्चार्ज राजकाजी गुरुङ करणले बताए।

खबर एक्सप्रेस