आज:  | Fri, 22, Mar, 2024

पारस खड्का अबुधाबी टि-10 लिग खेल्ने

२०७६, ७ कार्तिक बिहीबार २३:३१ मा प्रकाशित ( ४ साल अघि) १७४५४ पाठक संख्या

नेपाली क्रिकेटर पारस खड्काले अबुधाबी टी–१० लिग खेल्ने भएका छन् ।
१४ नोेभेम्बरबाट सुरु हुने लिगका लागि उनी टिम अबुधावीमा आवद्ध भएका हुन्, जसको आइकोनिक प्लेयर मोइन अली छन् । स्रोतका अनुसार पारस १० हजार डलरमा टिममा अनुबन्धित भएका हुन् । टिममा मोहम्मद आमिर लगायतका क्रिकेटर छन् ।

अर्का नेपाली क्रिकेटर सन्दीप लामिछानेले भने कर्नाटका टर्स्कर्सबाट खेल्नेछन् । सन्दीपले गत सिजनको टी–१० लिग केरला किङ्सबाट खेलेका थिए । खड्काले भर्खरै सिङ्गापुर मा सम्पन्न त्रीकोणात्मक टि-२० सिरिज मा सिङ्गापुर विरुद्ध सतक प्रहार गरेका थिए ।
प्रतियोगिता अबुधावीको शेख जायद क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म हुनेछ र १० ओभरको खेल ९० मिनेटभित्र सकिनेछ

खबर एक्सप्रेस