आज:  | Fri, 19, Apr, 2024

प्रधानमन्त्री केपी ओली अजरबैजानको राजधानी बाकु प्रस्थान गर्दै

२०७६, ६ कार्तिक बुधबार २३:०२ मा प्रकाशित ( ४ साल अघि) १५०९८ पाठक संख्या

प्रधानमन्त्री केपी ओली अजरबैजानको राजधानी बाकुमा कात्तिक ८ र ९ गते सम्पन्न हुने असंलग्न आन्दोलन राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनका लागी बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएकोछ ।
परराष्ट्रमन्त्री ज्ञवाली भने आज शुरु भएको दुईदिने मन्त्रिस्तरीय पूर्वतयारी बैठकमा सहभागी हुन आजै त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । प्रधानमन्त्री ओलीले कात्तिक ८ गते शुक्रबार समसामयिक विश्वका चुनौतीहरूका बारेमा सम्बोधन गर्नेछन् भने सोही सम्मेलनमा हुदा विभिन्न देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम पनि रहेको छ । संस्थापक राष्ट्रको हैसियतले नेपालले स्थापनाकालदेखि नै सबै शिखर सम्मेलनहरूमा सहभागिता जनाउँदै आएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

खबर एक्सप्रेस