आज:  | Sat, 20, Apr, 2024

नेपालमा रहदा राष्ट्रपति सीले हड्डी धुलो पारिदिने भन्ने धम्की

२०७६, ४ कार्तिक सोमबार ०९:३२ मा प्रकाशित ( ४ साल अघि) १३६४१ पाठक संख्या

चीनका राष्ट्रपति सी चिनपिङले नेपाल भ्रमणको बेलामा कड़ा चेतावनी दिँदै ‘चीनलाई टुक्र्याउने प्रयास गर्नेहरूको हड्डी धुलो बनाउने भनेका छन् । प्रधानमन्त्री ओलीसँग शनिबार भेटघाटको क्रममा सीले उक्त भनाइ राखेका थिए । चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले त्यो खबर सोही दिन प्रकाशित गरेको भएता पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आज मात्र यो समाचारलाई चर्चामा ल्याएका छन् । सिन्ह्वाका अनुसार सी जिनपिङले निकै कडा भाषामा चीनलाई टुक्राउने प्रयास गर्नेहरुको हड्डी धुलो बनाइदिने धम्की दिएका थिए । चीनका राष्ट्रपतिको यस चेतावनीलाई कयैन सन्दर्भमा हेरिदैछ । नेपालमा सीको भ्रमणअघि तिब्बती स्वतन्त्रताको पक्षमा केही तिब्बती अभियानकर्मीले प्रदर्शन गर्ने प्रयास गरेका थिए । तिब्बती अभियानकर्मीहरुमाथि नेपाल सरकारले पहिले नै कारबाही अभियान चलाएको थियो । सी जिनपिङको यो बयानलाई यो सन्दर्भमा पनि जोडेर हेरिएको छ । 

राष्ट्रपति जिनपिङले धम्कीमार्फत चीनको दृष्टिकोण मात्र स्पष्ट गरिदिएका छैनन्, चीनको आन्तरिक मामिलाबाट टाढा रहन अमेरिकालाई पनि चेतावनी दिएका छन् । 

हालै अमेरिकाको रिपब्लिकन पार्टीका सिनेटर टेड क्रूजले हङकङमा पुगेर प्रदर्शनकारीप्रति चीनको व्यवहारको आलोचना गरेका थिए । उनले चीनको व्यवहारलाई क्षेत्रीय शान्तिको लागि खतरा बताएका थिए ।

खबर एक्सप्रेस