आज:  | Tue, 16, Apr, 2024

राजधानीमा थपियो अर्को मल्टीप्लेक्स

२०७६, २ कार्तिक शनिबार २२:५७ मा प्रकाशित ( ४ साल अघि) १२७४२ पाठक संख्या

काठमाण्डौं लगाएत देशका मुख्य शहरहरुमा पछिल्लो समय मल्टीप्लेक्सहरू धमाधम खुल्न थालेका छन् यसै क्रममा काठमाण्डौंमा नयाँ मल्टिप्लेक्स खुलेकोछ। गोंगबु चोक स्थित कर्माचार्य कम्पेक्समा शुक्रबारदेखि ३ सय ३५ सिट क्षमताको हलमा दुई वटा पर्दाको नर्थ सिनेमाज (आइएनआइ) संचालनमा आएको छ अत्याधुनिक प्रविधि जडान गरिएको हल वानमा १ सय ८१ र हल टुमा १ सय ५४ सिट क्षमता रहेको छ। संचालकको भनाई अनुसार नेपालमै पहिलो पटक जिडिसी सर्भर जोडिएको हलमा थ्रीडी सिस्टम पनि रहेको बताईएको छ। हल शुक्रबारबाट संचालनमा आयको छ ।

खबर एक्सप्रेस