आज:  | Thu, 25, Apr, 2024

बिर्तामोड सरसफाइ अभियानको १७१औं श्रृखला सम्पन्न

२०७६, २ कार्तिक शनिबार २१:०४ मा प्रकाशित ( ४ साल अघि) २३९०२ पाठक संख्या

बिर्तामोड सरसफाइ अभियानको १७१औं श्रृखला आज सम्पन्न भएकोछ । आजको अभियानमा बिशेष गरी भरतपुर महानगरपालिकामा सरसफाइमा सकृय सस्था  (WAY Group)  का ३५ जनाको टोलीको सकृय सहभागीता रहेको थियो । यो समूह बिगत ४ बर्ष देखि सरसफाइ अभियानलाई देशब्यापी बनाउन लागी परेको छ ।

नेपाल भ्रमण बर्ष २०२० सफल पारौ भन्ने नारा का साथ अहिले मेची महाकाली सफाई अभियान देशका बिभिन्न क्षेत्रमा संचालन भैरहेको छ । सोही क्रममा आज बिर्तामोड सरसफाइ अभियानको १७१औं श्रृखला सम्पन्न भएकोछ ।
आजको बिर्तामोड सफाई अभियानमा बिर्तामोड नगर प्रमुख ध्रुब कुमार शिवाकोटीको प्रमुख आतिथ्यमा प्रशासकिय अधिकृत पशुपति खतिवडा, वडा १ का अध्यक्ष अग्नि पाण्डे लगाइत इलाका प्रहरी कार्यालय बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रमुखहरु झापा चेम्बर अफ कमर्स, टोल सुधार सस्था, सामाजिक संघसस्थाहरुको उपस्थिती रहेको थियो

आज बिर्तामोड सफाई अभियानमा सहभागी भएको (WAY Group) को टोली पूर्बी क्षेत्रको बिराटनगर र ईटहरी लगायत शहरमा सफाई आभियान सञ्चालन गर्ने योजना रहेको यो टोलीले निरन्तर सफाई अभियान संचालन गर्दै आईरहेको बिर्तामोड सफाई अभियानका संयोजक बिष्णु आचार्यले बताउनु भयो ।

 

खबर एक्सप्रेस