आज:  | Mon, 15, Apr, 2024

८ विघा क्षेत्रफलमा व्यवसायिक घांँस खेती

२०७६, २ कार्तिक शनिबार २०:१५ मा प्रकाशित ( ४ साल अघि) १५६८७ पाठक संख्या


पशु आहाराको बढ्दो मागलाई लक्षित गरी नवलपुरका एक किसानले बृहतरुपमा व्यवसायिक घांँस खेती शुरु गरेका छन । विगत एकबर्षदेखि स्थानीय युवा विष्णु भट्टले ८ विघा क्षेत्रफलमा विस्तार गरी ‘सुपर नेपियर’ जातको उन्नत घांँसखेती शुरु गरेका हुन ।
गैडाकोट नगरपालिका वडा नम्बर १२ किसान भट्टले संस्थागत रुपमा ५० लाख लगानी गरी व्यवसायिक घाँसखेती शुरु गरी विक्रि वितरण गर्दै आएका छन । श्री स्वस्थानी घाँस श्रोत केन्द्र्र तथा बाख्रा फार्ममा उनले यो संँगै जग्गा भाडामा लिएर यो सहित २३ जातको घांँस खेती लगाएका छन । देशमा बढ्दो आयात भएको दाना र खाद्यान्नलाई प्रतिस्थापन गर्ने उद्धेश्यले उनले नेपियर जातको घांँसखेती शुरु गरेको भट्टले बताए । ‘पशुपालन गर्न एकत दानाको मुल्य दिनानुदिन बढ्दै गएको छ, उनले भने यसको विकल्पको रुपमा यो जातको घांँस खेती गरेको हुंँ ।’ उनका अनुसार यो घाँसबाट पशुको लागि सम्पुर्ण पौष्टिक तत्व पाइने र दुध एवं मासुको उत्पादन तुलनात्मक रुपमा बढ्ने छ । केन्द्रले कृषकहरुको माग अनुसार बेर्ना र घाँस उत्पादन गर्दै आएको छ । कम लगानीमा उच्च प्रतिफल दिने र उत्पादन बढाउनका लागि कृषकहरुको माग बढ्दै गएको उनको भनाई छ । जुनसुकै हावापानी र माटोमा हुर्कने सक्ने यो घाँस सिमीत जग्गामा बढी उत्पादन दिनसक्ने उनले बताए । ‘यो घाँस अन्य जातको घाँस भन्दा फरक छ, उनले भने, जुनसुकै भौगोलिक क्षेत्र र हावापानीमा हुर्कन्छ’। हालसम्म उनले ३० लाख बराबरको घाँस र बेर्ना विक्री गरेको जानकारी दिए । शुरुवाती समयमा २ विघा क्षेत्रफलबाट शुरु गरिएपनि हाल यसलाई विस्तार गरी ८ विघा क्षेत्रफल पुरयाइएको हो । भविष्यमा यस जातको घांँसलाई विस्तार गर्दै देशभर विक्री वितरण गर्ने लक्ष्य रहेको उनले बताए । मासु तथा दुध उत्पादनको लागि कम लागत पर्ने हुनाले सरकारले यस्ता खेतीमा कृषकको आकर्षण बढाउनु जरुरी रहेको उनको भनाई छ । संघ तथा स्थानीय सरकारले पनि कृषिलाई व्यवसायिककरण गर्न र देश दुध र मासुमा आत्मनिर्भर बन्न कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । बढ्दो शहरीकरण र जग्गा खण्डीकरणबाट चरनक्षेत्र खुम्चिन गई पशुआहाराको अभाव हुन नदिन पनि व्यवसायिक घाँस खेती आबश्यक पर्दछ । गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले यसबर्ष कृषिक्षेत्रको प्रर्वद्धनको लागि ८० लाख बजेट छुटयाइएको बताए । देशमै यस क्षेत्रलाई नमुना उन्नत जातको घाँस स्रोतकेन्द्र बनाएर आवश्यक सहयोग गरिने उनले बताए । उनको फार्ममा यो संँगै ६० वटा उन्नत तथा स्थानीय जातका बाख्रा , १० कट्टा क्षेत्रफलमा गिठ्ठा समेत लगाएका छन ।हाल यस श्रोतकेन्द्रमा बाह्रमासे हुने सबै जातको गरी ४ करोड बराबरको घांँस उत्पादन भएको केन्द्रले जनाएको छ ।

खबर एक्सप्रेस