आज:  | Fri, 29, Mar, 2024

सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी

२०७६, २९ आश्विन बुधबार २०:०४ मा प्रकाशित ( ४ साल अघि) १४४७८ पाठक संख्या

अहिले विभिन्न मुद्दामा सांसदहरु पक्राउ पर्ने क्रम बढेको छ अहिले सांसदहरू पक्राउ पर्ने समय जस्तै भएको छ । 

ज्यान मार्ने उद्योगको मुद्दामा संघीय सांसद तथा नेकपाका केन्द्रीय सदस्य पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी भएकोछ । जिल्ला अदालत काठमाण्डौले गत भदाैमा जिल्ला प्रहरी कार्यालय दाेलखालाई सांसद गुरुङलाई अदालतमा उपस्थित गराउन पत्राचार गरेको थियाे । 

वीरध्वज खड्कामाथि काठमाण्डौको गौशालामा आक्रमण भएको थियो त्यो आक्रमण सांसद गुरुङसहितको संलग्नतामा भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौमा ज्यान मार्ने उद्योगका किटानी दर्ता गराएका थिए ।

अहिले यौन दुर्व्यवहारको आरोपमा निर्वतमान सभामुद महरा र  हत्याको आरोपमा नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको छ ऊनीहरूको सांसद पद निलम्बनमा परेको छ, त्यस्तै विमानस्थलमा तोडफोड आरोपमा राजपा सांसद प्रमोद कुमार साह पक्राउ परेका छन्।

खबर एक्सप्रेस