आज:  | Thu, 28, Mar, 2024

सी चिनफिङको स्वागतमा पोर्टोकोल भद्रगोल

२०७६, २८ आश्विन मंगलवार ११:४० मा प्रकाशित ( ४ साल अघि) १३७९६ पाठक संख्या

चिनका राष्ट्रपति सी स्वागतमा नेपाल सरकारको तर्फबाट गरिएको स्वागतमा केही गम्भिर कमी कमजोरीहरु भएका छन्। 

नेपाल पोर्टोकोलमा निकै संबेदनशिल मानिन्छ। त्यसैले कहिलेकाहीं पोर्टोकोल मिलाउन नजानेकै कारणले केहिले जागिर गुमाएका छन भने केहि झगडाका घटनाहरु समेत बिभिन्न संचार माध्यममा सुन्न र पढ्न पाइन्छ। त्यसमा पनि पछिल्लो संघिय संरचनामा तीन तहका सरकारका प्रतिनिधिबीच बिभिन्न समयमा पोर्टोकोलको बिषयलाई नै लिएर विवाद समेत हुने गरेका छन। 

यस पटक चिनका राष्ट्रपति सीको स्वागतमा पोर्टोकोलको बिषयमा कमी कमजोरीहरु भएका छन् ।समकक्षी सीको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्तिथीसंगै उनको छोरीको उपस्तिथीले पोर्टोकोलमा निकै समस्या भयो।

सी काठमाडौं ओर्लदा राष्ट्रपति भण्डारीसंगै उनकी छोरी पनि प्लेनसम्मै पुगेकी थिइन। राष्ट्रपतिसंगै साथमा रहेर उनले चिनियाँ राष्ट्रपतिको स्वागतमा भाग लिएकोमा परराष्ट्रविद तथा पोर्टोकोलका जानकारहरु अचम्मित भएका छन ।

कुनै पनि निर्णय र प्रस्ताव बिना नै छोरि भएकै कारण पोर्टोकोलको मर्यादालाई मिचेर राष्ट्रपतिको छोरी चिनका राष्ट्रपतिको स्वागतमा विमानस्थलसम्म नै पुग्नुलाई परराष्ट्र विदहरुले सरकारले कमजोरी गरेको रुपमा औल्याएका छन। राष्ट्रपतिकै छोरीको हैसियतमा उनी राष्ट्रपति भण्डारीसंग ऊनी जान नमिल्ने बताउँछन।      

जबकि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत बिशिस्ट ब्यक्ति समेत सीलाई स्वागत गर्न भीभीआईपी लबिमा बसेका थिए । तर राष्ट्रपतिकी छोरी कुन हैसियतले त्यहा पुगिन् भन्ने कुराले अचम्मित बनाएको परराष्ट्रविदहरु बताउँछन। 

स्वागतमा ठुलो गडबढी 

राष्ट्रपति भण्डारी प्लेनको भर्याङमै पुगेर सी लाई स्वागत गर्ने कार्यक्रम थियो। तर त्यो तयारी पनि पुरा हुन् सकेन। सामान्यता प्लेन ल्याण्ड भइसकेपछि ‘हेड अफ द डेलिगेट्स’ बाहिर आइपुग्छन। तर सी भन्दा पहिले डेलिगेट्स पहिले ओर्लिए। डेलिगेट्स पहिले ओर्लिएपछि पनि नेपालको तर्फबाट एक सहयोगी सी लाई लिन प्लेन भित्र जान खोजेको दृश्य भिडियोमा हेर्न सकिन्छ। प्लेनको भर्याङमा सहयोगीको अलमलले त्यहाँ पुरा तयारि नभएको स्पष्ट देखाउंछ। सम्भवत सी नेपाल आएको प्लेन भित्रबाट कसैले इशारा गरेपछि ति सहयोगी प्लेनको भर्याङबाट ओर्लिए र त्यसपछि मात्र सी एक्लै प्लेनबाट ओर्लिए। 

सी प्लेनबाट ओर्लिने बित्तिकै राष्ट्रपति भण्डारीले पुष्प गुच्छा दिएर उनको स्वागत गर्दै गर्दा एक आपसमा बोल्न नपाउदै राष्ट्रपति पुत्रीले पुष्प गुच्छा राष्ट्रपतिको पछि नभई साइडमा नै बसेर उनको छोरीले सीलाई स्वागत गर्नु पनी आपत्तिजनक स्थिति भयो।       

खबर एक्सप्रेस