आज:  | Thu, 28, Mar, 2024

चिनका राष्ट्रपति नेकपाका नेता बिच सामुहिक भेटबार्ता

२०७६, २६ आश्विन आईतवार ११:३५ मा प्रकाशित ( ४ साल अघि) १४९७४ पाठक संख्या

चिनका राष्ट्रपति सी चिनपिङसँग नेपाल कम्यूनिष्ट पाटिका सचिवालय स्तरका नेताहरुबीच सामूहिक भेटवार्ता भएकोछ । होटल सोल्टीमा भएको भेटबार्तामा नेकपाका अध्यक्ष प्रचण्ड नेतृत्वमा सामूहिक भेटवार्ता भएको हो । जसमा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, प्रदीप ज्ञवाली लगायतका नेताको सहभागी रहेको थियो । यो भेटघाटमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी छैनन् । सामूहिक भेटवार्ता लगत्तै राष्ट्रपति सी र प्रचण्डबीच पनि एक्ला एक्लै वार्ता हुने छ ।

खबर एक्सप्रेस