आज:  | Wed, 27, Mar, 2024

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे समुन्द्री तटको सफाइ

२०७६, २५ आश्विन शनिबार २२:०३ मा प्रकाशित ( ४ साल अघि) १८७२५ पाठक संख्या

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी चिनका राष्ट्रपति सी जिनपिङसँग अनौपचारिक भेटवार्ता लागि तमिलनाडु राज्यको महाबलीपुरममा पुगेका थिए सोही अवसरमा शनिबार बिहान उनले महाबलीपुरमको समुद्र तटमा करीब ३० मिनेट जगिङ गरेका छन् यो सँगै उनले समुन्द्री तटको सफाइ गर्नुका साथै फोहोर उठाएका थिए । उनले सर्वसाधारणलाई सार्वजनिक स्थल सफाइ गर्न अपील पनि गरे । जगिङ गर्दै फोहोर उठाउनलाई प्लोगिङ भनिन्छ, मोदीले यस अभियानको बारेमा गत २९ सेप्टेम्बरमा मनकी बात कार्यक्रममा गरेका थिए । प्रधानमन्त्री मोदीले उक्त कार्यक्रममा एक नौजवान रिपुदमन बेल्वीको प्रयासको बारेमा उल्लेख गरेका थिए । उनी प्लोगिङ (जगिङ गर्दै फोहोर उठाउने) गर्थे । उनले उत कुरा आफ्नो सामाजिक संजालमा फोटो र भिडियो राखेर सन्देश दिएका छन् ।

खबर एक्सप्रेस