आज:  | Sun, 24, Mar, 2024

आजबाट ‘छ माया छपक्कै’

२०७६, २४ आश्विन शुक्रबार १०:४० मा प्रकाशित ( ४ साल अघि) १२१२२ पाठक संख्या

आज शुक्रबारबाट नेपाली चलचित्र ‘छ माया छपक्कै’ रिलिज हुँदैछ यस बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिए चलचित्रलाई क्युएफएक्स चेनमा काठमाडौंमा २२ र काठमाडौं बाहिर २० शो पाएको छ । छक्कापञ्जा टिमले यो चलचित्रलाई निर्माण गरेका हुन कमेडी जनरामा निर्माण भएको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन ।

आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टलगायतको अभिनय छ । यो चलचित्रमा रोहित अधिकारीको लगानी रहेको छ । यो चलचित्र दशैमा रिजि गर्ने गरी निर्माण टिमले यस अघि घोषणा गरेको भएता पनि हिन्दी सिनेमा वारसँग वार गर्न नसरी पछाडी सरेको थियो । नेपाली चलचित्रको बिकासका लागी र केही ब्यतिmगत रिसिभी साध्न बिगत केही महिना देखी यस चलचित्रका कलाकार दिपक राज गीरीले आफ्नो सामाजिक संजालबाट निरन्तर कडा प्रहार गर्दै आएका छन् ।

खबर एक्सप्रेस