आज:  | Fri, 29, Mar, 2024

राष्ट्रपति सीको यस्तो छ भ्रमण तालिका आइतबार सार्वजनिक बिदा

२०७६, २४ आश्विन शुक्रबार ०९:५५ मा प्रकाशित ( ४ साल अघि) १५२२२ पाठक संख्या

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई ब्यबस्थित र प्रभावकारी बनाउन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति सीको भ्रमणलाई सहज बनाऊन आइतबार सार्वजनिक बिदा दीने निर्णय गरेको थियो। राष्ट्रपति सीले शनिबार नेपाल आऊने र आइतबार स्वदेश फर्कदै छन।

यस्तो छ भ्रमण तालिका
राष्ट्रपति सी शनिबार बेलुकी ४ः३० बजेदेखि ५ः३० बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छन्
लगतै राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलविनासमा कारिब ६ः३० बजे भेटवार्ता गर्ने छन् ।
सोही दिन करिब ७ः३० बजे राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् ।
आइतबार बिहान नेपाल–चीनबीच औपचारिक वार्ता हुनेछ । यस वर्तामा पर्यटन, प्रविधि, कृषि र बीआरआईका विविध पक्षमा छलफल हुने र बिहान करिब १०ः३० बजे द्विपक्षीय सम्झौतामा हस्तार हुने प्रस्ताबित कार्यक्रम तय गरीएको छ ।
यही बीचमा राष्ट्रपति सीसँग सत्तारुढ नेकपाका शीर्ष नेतासहित बिभिन्न राजनीतिक दलका नेताले भेटवार्ता गर्नेछन् । राष्ट्रपति राष्ट्रपति सी चिनफिङ नेपाली समय अनुसार १२ः३० बजे नेपालको दुई दिने नेपाल भ्रमण स्वदेश फर्कने कार्यक्रम तय भएकोछ ।

खबर एक्सप्रेस