आज:  | Thu, 28, Mar, 2024

चिनका राष्ट्रपति सी चिनफिङ असोज २५ काठमाडौं आइपुग्नेछन्

२०७६, २२ आश्विन बुधबार २१:४७ मा प्रकाशित ( ४ साल अघि) १५२८४ पाठक संख्या

खबरएक्सप्रेस अनलाईन, काठमाडौँ ।

मित्रराष्ट चिनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तालिका नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरुले नेपाल भ्रमणबारे जानकारी दिएका हुन् ।
आज परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार राष्ट्रपति सी असोज २५ काठमाडौं आइपुग्नेछन् र भोलिपल्ट फर्किनेछन् । राष्ट्रपति सीको भ्रमण दुई दिने रहने मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी २५ काठमाडौं आइपुग्नेछन् भने भोलिपल्ट २६ गते फर्किनेछन् ।
उनले दुई दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही समयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि मन्त्रालय श्रोतले जनाएको छ ।

खबर एक्सप्रेस