आज:  | Mon, 14, Oct, 2019

टी–२० क्रिकेट आज नेपालले आयरल्याण्डसँग खेल्दै

२०७६, २२ आश्विन बुधबार ०७:४७ मा प्रकाशित ( ५ दिन अघि) ७१४ पाठक संख्या

टी–२० क्रिकेट ओमानमा जारी छ आज नेपालले आयरल्याण्डसँग तेस्रो म्याच खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ। यस अघि नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई र दोश्रो खेलमा नेदल्याण्ड्सलाई समान चार विकेटले हराएको थियो ।

आयरल्याण्डले प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित हात पारेको छ । एक दिवसीय वरियताको ११ औ स्थानमा र टेष्ट वरियताको १२औ स्थानमा रहेको आयरल्याण्ड टी–२० को वरियतामा भने नेपालभन्दा पछाडि छ ।नेपाल र आयरल्याण्डले टी–२० क्रिकेटमा यसअघि एक पटक मात्र खेलेका छन् । सन् २०१५ मा भएको त्यो खेलमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालको स्थान यथावत रहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औं स्थानमा यथावत छ ।

एशोसियट देशहरुमा नेपाल सबैभन्दा अघि छ । टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड नेपाल भन्दा तल छन् । टी–२० वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इङल्याण्ड यथावत छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । एक दिवसीय वरियतामा नेपाल १७ औं स्थानमा छ ।

खबर एक्सप्रेस