आज:  | Wed, 27, Mar, 2024

सेल्फी खिच्दा मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो

२०७६, २१ आश्विन मंगलवार २१:५८ मा प्रकाशित ( ४ साल अघि) १६८३४ पाठक संख्या

एएफपी – भारत देशको तमिलनाडु राज्यमा परिवारका तीन सदस्य सहित एक नवविवाहित महिलाले सेल्फी फोटो खिच्ने क्रममा ज्यान गुमाएका छन उनीहरुको सरोवरमा डुबेर ज्यान गएको त्यहँको प्रहरीले बताएको छ। उनीहरु गत आइतवार कृष्णागिरीको बार्गुरका नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्तलाई भेट्न गएका थिए त्यही बेला उनीहरु एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेर चिप्लिएको र उनले अन्यलाई पनि तानेको बताइएको छ।

सो नवविवाहित पुरुषले आफ्नो बहिनीलाई बचाउन भ्याए तर बाँकी सबै डुबेका बताइएको छ। सेल्फीको मोहले हालका दिनमा दुर्घटना दिनानुदिन बढदै गईरहेका छन् । बर्ष २०११ र २०१७ मा विश्वभर भएका सेल्फी खिच्दा मृत्यु हुनेको सङ्ख्या २५९ पुगेको थियो जसमध्ये आधा भारतीय नागरिक रहेका बताइएको छ। भारतपछि धेरै सेल्फी दुर्घटना हुने देशहरूमा रुस, अमेरिका र पाकिस्तान पर्छन्।
द हिन्दू पत्रिकाका अनुसार भारतको हरियाणा राज्यमा मे महिनामा तीन किशोरहरूले रेलवे मार्गमा सेल्फी खिच्ने क्रममा अगाडिबाट आएको रेललाई छल्ने कोसिस गरेका थिए, तर विपरीत दिशाबाट आएको रेलको ठक्करबाट उनीहरूको ज्यान गएको थियो।भने यही वर्ष ओडिसा राज्यमा एकजना पुरुषले एक हात्तीसँगै उभिएर सेल्फी खिच्दै गर्दा उक्त हात्तीले सूँढले कसेर ज्यान गएको थियो। सामाजिक सञ्जालमा अरूलाई प्रभावित गर्ने प्रयासमा मानिसहरूले जोखिमपूर्ण सेल्फी फोटो खिच्ने गरेको भन्दै त्यस्ता कार्यलाई नियन्त्रण गर्नुपर्ने नभए त्यस्ता कार्य बाट भयानक दुर्घटना हुने निश्चित छ ।

खबर एक्सप्रेस