आज:  | Fri, 19, Apr, 2024

उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालयको दशैं बिदाको अघिल्लो दिनको रहस्यमय निर्णय

२०७६, १९ आश्विन आईतवार २१:०१ मा प्रकाशित ( ४ साल अघि) ११७५० पाठक संख्या

मन्त्री मात्रिका यादवले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व गरेदेखी निकै चर्चाको हल्ला पिटाएका थिए तर ती हल्ला हल्लामा मात्र सिमित भए बरु उनी निकै बिबादित मन्त्रीका रुपमा चिनिदै गए । उनकै्र मन्त्रालयले उनकै आदेशमा बडादशैको पाँचौ दिनमा लाभ हुने निर्णय गरेका छन् मन्त्रालय अन्तर्गत उद्योग तथा लगानी प्रबर्ध्दन बोर्डमा नवनियुक्त महानिर्देशक जीवन सिटौला र स्वकीय सचिव समूहले दशैं निकै रमाइलो गरेको समाचार प्राप्त भएको छ।

सम्पत्ति शुध्दीकरण विभागमा लामो समय बसेपनि राज्यका लागी एक सिन्को नभाँचेका महानिर्देशक सिटौलालाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले के स्वार्थले चारवटा मदिरा उद्योगको क्षमता बृध्दिको एजेन्डा रहस्यमय रुपमा दशैं विदाको अघिल्लो दिन राखे भन्ने गम्भीर प्रश्न खडा भएको छ । लगभग डेढ वर्षदेखि थन्किएको मदिरा उद्योग संचालनको नयाँ अनुमति र क्षमता वृद्धिको प्रस्ताव उद्योग तथा लगानी प्रबर्ध्दन बोर्डमा प्रस्तुत भएर २०७६ असोज १६ गते रहस्य रुपमा निर्णय हुनु दशैं रमाइलो गर्नका लागि ठूलो आर्थिक चलखेल भएको उद्योग विभाग स्रोतले बताएको छ ।

मन्त्री मात्रिका यादवको अध्यक्षतामा बस्ने उद्योग तथा लगानी प्रबर्ध्दन बोर्डको २२८औं बोर्ड बैठक करोडौं रकम चलखेल हुनेवाला बैठक गरी दशैंको विदामा पत्रपत्रिका बन्द हुने, अरु संचार माध्यमहरु पनि निस्क्रिय हुने समय भएकोले यो मौका छोप्दै दशैंको विदाको अघिल्लो दिन रहस्यमय ढंगले चारवटा मदिरा उद्योगको क्षमता बृध्दि गर्ने निर्णय गरेको छ। आउने मन्त्री परिषदको हेरफेरमा मन्त्री मात्रिका यादव पनि हट्ने, सचिव याम कुमारी खतिवडाको पनि सरुवा हुने चर्चा चलिरहेक स्थितीमा ठुलो आर्थिक लाभ सहित यो निर्णय भएको उद्योग विभागका नयाँ डीजी जीवन प्रकाश सिटौला हाजिर भएको एक महिना पुग्दा नपुग्दै यति ठुलो आर्थिक लाभको निर्णय भएको छ ।

संसदिय समितिको उद्योग, तथा उपभोक्ता समितिको निर्देशनमा मदिरा र ग्यास प्लान्ट संचालनको नयाँ अनुमति रोकेको समयमा मदिरा उद्योगको क्षमता बृध्दिको निर्णय यति लामो समयपछि गर्नुको पछाडि निकै ठूलो चलखेल भएको बिभाग स्रोत बताउछ । २०७६ असोज १६ गतेको निर्णयले क्षमता बृध्दिको अनुमति प्राप्त गर्ने चार मदिरा उद्योगहरुमा सी.जी. ब्रुअरी नेपाल प्रालि, यति ब्रुअरी प्रालि, टाइगर्स ब्रुअरी लिमिटेड र हिमालयन ब्रुअरी लिमिटेड रहेका छन् ।

ती कम्पनीहरुले अनुमति लिन ठुलो रकम आर्थिक रकम लाभ दिएर निर्णय गराउन सफल भएको बिभाग स्रोतले बताएको उत समाचार साँघुले प्रकाशन गरेको छ ।

खबर एक्सप्रेस