आज:  | Fri, 19, Apr, 2024

दशैंको आज चौथो दिन

२०७६, १५ आश्विन बुधबार १०:१० मा प्रकाशित ( ४ साल अघि) ३२८९२ पाठक संख्या

नेपालीहरुको महान ठुलो चाड दशैंको आज चौथो दिन आज दुर्गा भवानीका ९ रुपहरु मध्येको चौथो रुप कुष्माण्डा भगवतीको पूजा अर्चना गरि मनाइन्छ ।

महाकाली महालक्ष्मी, महासरस्वती लगाएत नवदुर्गा र अन्य शक्तिपीठहरुमा आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । प्रतिपदादेखि पूणिर्मासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरुपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो छातिमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको उत्पत्ति भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । 

शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

काठमान्डौको गृहेश्वरी दक्षिणकाली नक्साल भगवती भद्रकाली नेपालगंजको बागेश्वरी सप्तरीको छिन्नमस्ता धरानको दन्तकाली पोखराको विन्धवासिनी डोटीको शैलेश्वरी बाग्लुङको कालिका गोरखाको गोरखकाली मकवानपुरको चुरियामाई र भुटनदेवीलगायतका मन्दिर र शक्तिपीठहरुमा आज पूजाआजा गरिन्छ।

खबर एक्सप्रेस