आज:  | Tue, 26, Mar, 2024

काँग्रेसको असोज २६ गते चियापान कार्यक्रम

२०७६, १४ आश्विन मंगलवार २३:३५ मा प्रकाशित ( ४ साल अघि) १९१२८ पाठक संख्या

विपी कोइरालाले २०३४ सालबाट सुरु गर्नु भएको चियापान कार्यक्रम नेपाली काँग्रेसले दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको छ। 

नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए।

मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मलेन गरी उहाँले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रिय कार्यालय सानेपामा हुने र अन्य जिल्लाको चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने पनि स्पष्ट पारे। काँग्रेसले पार्टी केन्द्रीय कार्यालय असोज २६ गते अपरान्ह दिउँसो एक बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापान कार्यक्रममा सहभागी हुन सबैलाई निमन्त्रणा गरेको छ।

खबर एक्सप्रेस