आज:  | Sat, 20, Apr, 2024

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा दक्षिण एशियाकै पहिलो राष्ट्र

२०७६, १३ आश्विन सोमबार १७:४१ मा प्रकाशित ( ४ साल अघि) १६०९० पाठक संख्या

प्रधानमन्त्री केपी ओलीले आज काठमाडौंमा आयोजित समारोहका नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्। उक्त समारोहमा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाई युक्त राष्ट्र बनाउने अभियानमा लागि पर्न सबैलाई आह्वान समेत गरे। सबै प्रदेश, जिल्ला र स्थानीय तहको प्रयासबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सकिएको कुरा ब्यक्त गरे।
यो अभियान आज भन्दा ८ बर्ष पहिला सन् २०११ मा विद्यालय तह, जिल्ला तहमा सुरु गरिएको थियो भने नेपालमा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। नेपाल खुला दिसामुक्त राष्ट्रको मापन पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बनेको छ।

खबर एक्सप्रेस