आज:  | Fri, 29, Mar, 2024

प्रधानमन्त्रीसँग कार्यसम्पादन गरेर पनि परिणाम आउन सकेन

२०७६, १२ आश्विन आईतवार ०९:०४ मा प्रकाशित ( ४ साल अघि) १४०१३ पाठक संख्या

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीसँग कार्यसम्पादनको सम्झौता गरेका धेरै मन्त्रीको कार्यसम्पादन प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ । २१ वटा मन्त्रालयमा लगभग आधा भन्दा बढी मन्त्रालयहरुको कार्यसम्पादन निकै कमजोर र प्रभाव बिहिन भएको पाइएको कुरा प्रधानमन्त्री कार्यालयको अनलाइन मोनिटरिङले देखाएको कुरा बताएको छ ।

कार्य सम्झौता भएपछि प्रधानमन्त्री कार्यालयले नियमित रूपमा मन्त्री र मन्त्रालयको कार्यबारे अनलाइनबाट मोनिटरिङ गर्दै आइरहेको छ । प्रधानमन्त्री र मन्त्रीहरूबीच गत साउन १५मा पहिलोपटक कार्यसम्पादन सम्झौता भएको थियो । मन्त्रालयका रूपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, ऊर्जा तथा सिँचाइ मन्त्रालय र कृषि विकास मन्त्रालयको कार्यप्रगति सोचे जस्तो सन्तोषजनक र प्रभावकारी नभएको देखिएको छ प्रधानमन्त्री कार्यालयका अनुसार यी पाँच वटा मन्त्रालयले पँुजीगत खर्चको ७५ प्रतिशत रकम विकास मन्त्रालयले नै खर्च गर्दछन् । ‘यी पाँचवटा मन्त्रालयले प्रभावकारी रूपमा काम गरेको खण्डमा मुलुकको विकासले सहजै गति लिन सक्छ तर यीनै मन्त्रालयको कामहरु प्रभावकारी बन्न नसकेको ’ ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले भनेको कुरा आजका बिभिन्न पत्रपत्रिकामा प्रकाशन भएको छ ।

खबर एक्सप्रेस