आज:  | Thu, 11, Aug, 2022

सहकारी सेवामुलक हूनूपर्ने – सांसद ओली

२०७६, ११ आश्विन शनिबार २२:२८ मा प्रकाशित ( २ साल अघि) ११४४० पाठक संख्या

 

राष्ट्रिय सभाकी सांसद काेमल ओलिले आज दाङकाे घाेराहीमा गाेरखा वचत तथा ऋण सहकारी संस्थाकाे आठौ  वार्षिक साधारण सभालाई पानसमा द्विप प्रज्लन गरी समुदघाटन गर्नु भयाे । समाराेहलाई सम्बाेधन गर्दै सांसद ओलीले सहकारी नाफा मुलक संस्थाकाे रुपमा नभै सेवामुलक भावनाले काम गर्नु पर्ने वताउनु भयाे ! वहाँले सहकारी किन आवस्यक छ ? सहकारीहरु कति प्रकारका हुन्छन्, सहकारी कसरी संचालन हुन्छ,केके काम गर्छ भन्नेबारे सदस्यहरुले थाहा पाउन जरुरी भएकाेले सहकारी शिक्षाकाे आवश्यकता रहेकाे वताउनुभयाे । साथै वहाँले सहकारीका संचालकहरु ईमान्दार र सक्षम हुन पनि त्यतिकै आवश्यक रहेकाे उल्लेख गर्नु भयाे !

त्यस अवसरमा सांसद ओलीले सहकारीमा उत्कृष्टता प्रदर्शन गरेका विभिन्न व्यक्तिहरुलाई कदरपत्र र उपहार प्रदान गर्नु भएकाे थियाे । सहकारीका अध्यक्ष मान बहादुर बुढामगरकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरुले सहकारीकाे महत्व बारे बाेल्नु भएकाे थियाे !

खबर एक्सप्रेस