आज:  | Tue, 19, Mar, 2024

वैशाख ११ को पूर्वराजाको वक्तव्य तत्कालीन एमालेले लेखेर दिएको दाबी

२०७६, ११ आश्विन शनिबार २१:४० मा प्रकाशित ( ४ साल अघि) १२७४२ पाठक संख्या

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको विज्ञप्तिको ड्राफ्ट तत्कालीन एमालेले लेखेर दिएको दाबी गर्नुभएको छ २०६३ वैशाख ११ मा जारी गरेको विज्ञप्तिको ड्राफ्ट लेख्ने काम पूर्वअर्थमन्त्री स्व. भरतमोहन अधिकारी बनाएको बताउनुभयो । ‘ड्राफ्ट दरबारको आफनै थियो कांग्रेसले र एमालेले छुट्टाछुट्टै दिएको बताउदै नेकपा एमालेले हाम्रो ड्राफ्ट अनुसार राजाले सम्बोधन गर्नेपर्छ भन्ने अडान राखेपछि पूर्व राजाले ९ बजे तय भएको घोषणा राति ११ बजे भएको कुरा आज राजधानीमा आयोजित एक कार्यक्रममा खुलासा गर्नुभयो । भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा नेता नेपाल भन्नु भयो सुरुको वाक्य मेरा प्यारा देशबासीहरू र अन्तको वाक्य श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्नेबाहेक अरु सबै एमाले लेखेर दिएको बाचन गरेको बताउनु भयो।

खबर एक्सप्रेस