आज:  | Fri, 19, Apr, 2024

देशै भर सफ़ाई अभियानको लहर

२०७६, ११ आश्विन शनिबार १२:४१ मा प्रकाशित ( ४ साल अघि) २२१०४ पाठक संख्या

देशको कृयाशिल अभियान बागमती सफ़ाई महाअभियान र यसका कहिले नथाक्ने अभियन्ताहरूको निरन्तर प्रयासका कारण यो अभियानले निरन्तरता पाउदै आज ३३३औ हप्ताको पार गरेकोछ । आजको अभियानमा शहरी विकास मन्त्रालयका सचिव श्री मधुसूदन अधिकारी, अधिकार सम्पन्न बागमती समितीका अध्यक्ष नरेन्द्र बहादूर बस्नेत कार्यवाहक आयोजना प्रमुख लगायत नेपाली सेना, नेपाल प्रहरी, शशत्र प्रहरी,एस ट्रावल्स, मुक्तिनाथ बिकास बैंक, समाजिक अभियन्ताहरूको उपस्थीती रहेको थियो ।

आजै काठमाडौ उपत्यकाको बागमती,विष्णुमती, रुद्रमती,मनोहरा,हनुमन्ते,गोदावरी,नख्खु,तिलगंगा, आलोकनगर,चक्रपथ लगायतका नदी एवं टोल लगायतका बिभिन्न स्थानमा सफाइ अभियानहरू सम्पन्न भएकोछ । यो अभियानका कारण नागरिकहरूमा ठुलो जनचेतना फैलिएकोछ ।
यो अभियान पूर्वको विर्तामोड देखी सुदूरपस्चिमको धनगढीसम्म सफ़ाई अभियानहरु सम्पन्न भएको छ ।
अभियानका तस्वीरहरू

खबर एक्सप्रेस