आज:  | Fri, 19, Apr, 2024

चर्चित ९ अभिनेत्रीलाई नवदुर्गा सम्मान..

२०७६, १० आश्विन शुक्रबार २२:३२ मा प्रकाशित ( ४ साल अघि) २०२४४ पाठक संख्या

 नेपाली सिने क्षेत्रका चर्चित अभिनेत्रीलाई नवदुर्गा सम्मानबाट सम्मान गरिने भएको छ । चलचित्रकी प्रथम अभिनेत्रीदेखि अहिलेका युवा पुस्ता माझ चल्तीमा रहेका नौ अभिनेत्रीलाई राष्ट्रिय नवदुर्गा सम्मानबाट सम्मानित गरिने भएको हो ।

सांस्कृतिक कार्यक्रमको आयोजना गरी नेपालकै पहिलो चलचित्र ‘आमा’का अभिनेत्रीहरू भुवन चन्द तथा वसुन्धरा भुसाल, अभिनेत्री गौरी मल्ल, करिष्मा मानन्धर, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चिता लुइँटेल र स्वस्तिमा खड्कालाई सम्मान गरिने भएको हो ।

असोज १३ मा विविध सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिने सम्मान कार्यक्रम राजधानीको राष्ट्रिय नाचघरमा हुने बताइएको छ । विशिष्टलाई कदर तथा नयाँहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा एकै मञ्चमा सिनेक्षेत्रमा रहेका विभिन्न समयसँग चर्चामा आएका नौं अभिनेत्रीहरूलाई सम्मानित गर्न लागिएको कार्यक्रमका आयोजकहरू मध्ये एक सहिद फिल्मकी विमना केसीले बताएकी छिन् ।

खबर एक्सप्रेस