आज:  | Thu, 28, Mar, 2024

नागढुंगा–नौबिसे सडकखण्डको जामका कारण बिरामीको ज्यान गयो

२०७६, १० आश्विन शुक्रबार ११:०७ मा प्रकाशित ( ४ साल अघि) १७२६८ पाठक संख्या

हिजोबाट नागढुंगा–नौबिसे सडकखण्डमा ठुलो जाममा परेको छ जसका कारण बस मै एक जना बिरामी यात्रुको ज्यान गएको छ ।

जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाहको जाममा परेकै अबस्थामा आज बिहान ज्यान गएको प्रहरीले जनाएको छ । शाह क्यान्सर पीडित भएको परिवारले बताएका छन् ।

गाडीमा रहेका शाहको के कारणले ज्यान गएको हो भन्ने बारेमा खुल्न बाँकी छ ।प्रहरीले अहिले शाहको शव पोष्टमार्टमको लागि लैजाने तयारी छ ।

खबर एक्सप्रेस