आज:  | Fri, 29, Mar, 2024

बाँकेमा गाई काटदै गर्दा ३ जना पक्राउ

२०७६, ९ आश्विन बिहीबार १२:२८ मा प्रकाशित ( ४ साल अघि) १६३६९ पाठक संख्या

बाँके सम्बाददाता
बाँके जिल्लाको खजुरा स्थित बढुवा खेतमा गाई काट्दै गर्दा सल्मान खाँ, सरिफ खाँ र वर्षाती खाँलाई प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको छ गाई काटिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्रन धनौलीबाट प्रहरीहरु परिचालित भएका थिय तर उनीहरुले गाई काटेर घरमा मासु ल्याइसकेको कारण तीनजनाको घरमा जाद ५० किलो मासु भेटिएको थियो भने खेतमा टाउको र खुट्टा फेला परेको ईलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाले बताय । पक्राउ परेका तिन जनालाई गौ हत्याको मुद्दा दायर गरिएको छ ।

खबर एक्सप्रेस