आज:  | Wed, 30, Nov, 2022

प्रधानमन्त्री समक्ष सांसद काेमल ओलीको माग

२०७६, ९ आश्विन बिहीबार ००:१४ मा प्रकाशित ( ३ साल अघि) १३५४८ पाठक संख्या

प्रधानमन्त्री केपि शर्मा ओली समक्ष राष्ट्रिय सभामा सांसद काेमल ओलीले देशकाे समसामयिक राजनीतिक अवस्था, दाङकाे क्षेत्र नं ३ (ख ) मा हुन गैरहेकाे उपनिर्वाचन, नेपाल संस्कृत विश्वविधालयकाे अवस्था, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे वर्तमान समस्या,टरीगाउँ एयरपाेर्टकाे विस्तार र देशमा बढीरहेकाे महंगीका विषयमा आफ्नो धारणा राख्नु भएकाे छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बिशेष भेटगरि वहाँले मन्त्रिहरूकाे बर्तमानको भुमिकाको बारे पार्टीमा छलफल गर्ने सिष्टम ल्याउन माग पनि गर्नुभयाे ! 

काम नगर्ने ठेकेदारहरुलाई कडा कारबाहि गर्ने प्रधानमन्त्रीकाे कुराले जनतालाई उत्साहित बनाएकाे र अब त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गरेर देखाउनु पर्नेमा राष्ट्रिय सभाका सांसद ओलीले प्रधामन्त्री समक्ष माग गर्नु भयाे ! 

आफूले पाएको ज़िम्मेवारीलाई निकै महत्वका साथ काम गरीरहनु भएकी ओली राष्ट्रिय सभाको कृयाशील सांसद हुनुहुन्छ ।

खबर एक्सप्रेस