आज:  | Wed, 27, Mar, 2024

पदम शमशेरले दिएको त्यो सन्देसमा गजबको राष्टबाद झल्किन्छ

२०७६, ८ आश्विन बुधबार २१:१५ मा प्रकाशित ( ४ साल अघि) ३०२५७ पाठक संख्या

मेरा देशवासी दाजुभाई दीदी बहिनीहरु हो
चुरोट झिकाउनका निम्ति हाम्रो मूलुकबाट प्रति बर्ष ५० ६० लाख बिदेशमा जान्छ । यसबाट पनि हाम्रो मुलुकमा एउटा ठुलै धक्का परेको छ पहिले म पनि प्रतिदिन ५० ६० वटा चुरोट खान्थे मैले चुरोट खान एकदम छोडी नै दिएको ३ बर्ष भयो । त्यपछि मैले बराबर तमाखु मात्र खाने गरेकोछु । चुरोट छोडेर मलाई कुनै किसिमको हानी भएको छैन । स्वास्थ्यलाई समेत हानी गर्ने यो चुरोट खानु एउटा बहुतै खराब अम्बल हो । यो अम्बललाई सकेसम्म एकैदिनमा छोडनु बेश हो, नसके अली अली घटाउदै लगेर छोडेपनि हुन्छ । जसरी हुन्छ यो खराब लतलाई सबैले छोड्नमा नै बेश छ । यो मेरो प्रार्थनालाई बिचार गरेर तिमी सबैले पनि चुरोट छोड्ने चेष्टा गर्नेछौं भन्ने आशा गर्दछु ।

पदम शमशेर

खबर एक्सप्रेस